८ मंसिर, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।नवलपरासीको बर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिका–२ चौधरी उद्योग अगाडि रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयअगाडि बिहान बम भेटिएको हो ।कुकर बम कसले राखेको यकिन नभए पनि विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीले राखेको अनुमान गरिएको छ ।बम निष्क्रय पार्नका लागि नेपाली सेनाको बम डिस्फोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।बिहान ५ बजेतिर गाउँलेले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त बम राति २, ३ बजेको समयमा राखेको हुन सक्ने अनुमान गरिएको छ । अनलाइनखबर