काठमाडौं,मंसिर १०,दोलखाको तामाकोसी गाउँपालिकास्थित च्यामा मतदान केन्द्रमा मतदान गर्न गएकी २३ वर्षीय निर्मला फुयालको मृत्यु भएको छ ।उनको मतदानस्थल नजिक पुगेपछि ह्दयघातले मृत्यु भएको अनुमान गरिएको छ । बुबा रुद्रबहादुर फुयालले निर्मलाको मुटुको समस्याका कारण बिरामी अवस्थामा भए पनि मतदान गर्न चाहना राखेपछि मतदानस्थल लान लाग्दा दु:खद घटना भएको बताए । आज भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि दोलखामा ६० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।