नरेन्द्र साह,रौतहट, मंसीर १३,विगतको मधेश आन्दोलनको उदगम विन्दुको रुपमा रहेको रौतहट पुनः मधेशी जनता आन्दोलत
बनेका छन् । मधेश आन्दोलनबाट सवै भन्दा बढी प्रभावित रौतहट क्षेत्र नं.१ का मतदाताहरुले मधेश आन्दोलन झै तातेको मतदाताहरुले बताएका छन् । मधेश आन्दोलनमा ढंगा हानाहान गर्ने, दिन भरी प्रहरी संग भिडन्त गर्ने जस्ता अनुभवको याद गर्दै, विर मधेशी सहिदहरुको सपना सकार पार्न मधेशी दलमा आसन्न चुनावमा मतदान गर्ने रौतहट क्षेत्र नं. १ सहित जिल्ला नै
आन्दोलीत बनेको छ । जिल्लाको हरेक चौक चौराहमा अहिल मधेशी दललाई भोट दिन मतादातहरुमा एक अर्का विच बहस
चलिरहेको पाईन्छ । क्षेत्र नं. १ का मतदाताहरु कुनै पनि हालतमा मधेशीलाई गोली हान्ने पार्टीलाई आफ्नो अमूल्य भोट दिन तयार
नभएको बुझीन्छ । यस क्षेत्रका जनताहरु राणासाशन देखी नै मधेशी विरोधी एमाले, काग्रेसलाई भोट दिदै आउदा हाल सम्म कुनै विकास पनि हुन नसकेको तथा आफुले स्वतन्त्र रुपमा आफ्नो पहिचान सहित बाच्नमा समेत असहयोग गरेको भन्दै, यस पालि मधेशी जनताको अधिकार दिलाउने मधेशवादी दललाई नै भोट दिने मतदाताहरुले बताए । मतदाताहरुका अनुसार यस पालिको आसन्न चुनावमा प्रतिनिधि सभा र प्रदेश सभा दवै पूरौ पाईनल राजपा फोरम गठबन्धन जित्ने पक्क रहेको बताए । क्षेत्र नं. १ मा राजपा फोरमका प्रतिनिधि सभामा अनिल झा, नेपाली काग्रेसका कृष्णा यादव, बाम गठबन्धनका सत्यनारायण भगत विच मुख्य
प्रतिस्प्रधा हुने भएको छ । त्यस्तै प्रदेश सभामा राजपा फोरमका क बाट बाबुलाल साह, नेपाली काग्रेसबाट नागेन्द्र साह र बाम गठबन्धनबाट खिभारी यादव विच प्रतिस्प्रधा हुने भएको छ भन्ने प्रदेश ख बाट राजपा फोरमका योगेन्द्र राय यादव, बाम गठबन्धनका उपेन्द्र साह र नेपाली काग्रेसका राजेश चौधरी विच भिडन्त हुने भएको छ ।