नरेन्द्र साह,रौतहट, मंसिर १५, राजपा फोरम गठबन्धनबाट रौतहट १ (ख) प्रदेशसभा उम्मेदवार योगेन्द्र राय यादवले, मधेशीको विकास र अधिकारकोलागी मधेश वादी दलले लडदै आएकोले मधेशीले आफ्नो मधेशवादीलाई नै दिने विश्वास व्यक्त गरेको छ । क्षेत्रका जनताको घर घरमा पुगी, मधेशी अधिकारको लागी हामी लडदै आएको र सधै लडदै रहने प्रतिवद्धता व्यक्ति गर्दै, मधेशवादी दलको विगतको मधेश आन्दोलनमा भोगेका पिडालाई मनन गर्न समेत मतदाताहरु संंग आग्रह गरे । आन्दोलनका समयमा मधेशवादी अहिले पैसावादी,व्यपारवादी जस्ता नाराबाट मधेशी जनता सचेत रहेकाले यस चुनावीमा मधेशी दललाई नै आफ्नो मत दिने संचारकर्मी हरु संग बताए । उम्मेदवार योगेन्द्र राय यादवले, मधेशी सहिदहरुको सपना सकार पार्ने समयमा जनता चुक्यो भन्ने कहिलै, यस्तो समय नआउने भएकोले समग्र मधेशीको अधिकार सम्पन्न मधेश बनाउ समेत हामीलाई भोट दिनुको मधेशी जनता संग विकल्प नरहेकोले उहाँहरु राम्री बुझी सकेको समेत बताए । अहिले चुनावको समयमा त्यही व्यपारी जो मधेशी जनताको विभिन्न रोग व्याधी लाग्ने कारखाना खोली करोडौको विमारीमा खर्च गराउने, सधै पैसाको कमाईमा लागेका ठेकेदार, दलालहरु समेत होमीएकोले त्यस्ता
असमाजीक तत्व भएका व्यत्तिहरु संग जनता समयमै सचेत भई मतदाना गर्ने समेत आग्रह गरे । रौतहट क्षेत्र नं. १ को ख प्रदेश सभामा उम्मेदावारको अति वलिया उम्मेदावरको रुपमा लिइएको छ ।