नरेन्द्र साह,रौतहट, मंसिर १५, राष्ट्रिय जनता पार्टी नेपालको महासचीव एवम् मधेशी गठबन्धका नेता अजय कुमार गुप्ताले, आज साझ आफ्नो प्रचार प्रसारमा रहेका मधेशी गठबन्धन कार्यक्रताहरुमा माथी भएको प्रहरीको जयादतीको घोर भत्सना गर्दै यो आक्रमण मधेशीहरुको स्वभीमान प्रतिको आक्रमण भएकोले कतै सहन नसक्ने बताएको छ । घटना लगतै नेता गूप्ताले भने अरु पार्टीले निवार्चन अचार संहिता विपरीत काम गर्दा कुनै हस्तक्षेत्र नगर्ने अनि मधेशी दलले आफ्नो प्रचार प्रसार गर्दा हस्तक्षेप सहित आक्रमण गर्नु अति निन्दनीय रहेको यसको प्रतिकार गर्ने समेत चेतावनी दिए । आज साझ गरुडा नपाको महम्दपुरमा मधेशी आन्दोलन सहितको प्रोजेक्टर चलाई रहेको अवस्थामा प्रहरी लाठी र्चाज गरेपछि स्थानियहरु प्रतिकार गरेका थिए । सो क्रममा प्रहरीले सकडौ राउण्ड गोली चलाउदा सयकडौ घाइते भएको स्थानीयहरु बताएका छन ।