मंसिर १७ गते, गौर, विहेवारी विस वर्ष पारी भन्ने नाराका साथ बाल विवाह कुरिती सम्बन्धी १ दिने अन्तर धार्मिक संजाल समितिको बैठक गौरको मदरसामा सम्पन्न भयो । निरन नेपाल संस्था काठमाडौंको तत्वधानमा रौतहटको केही गाउँ टोलमा बाल विवाह रोक्नका लागि अन्तर धार्मिक संजाल मार्फत कार्यक्रम चलिरहेको जिल्ला संयोजक शिव अचार्यले बताए ।
गरिबी, अशिक्षा, बेरोजगारी धर्मबाट पिडित महिला पुरुषहरुले आ–आफना बाल बालिकालाई कमै उमेरमा विवाह गरेको छ । दलित, डोम, मुसहर, मुस्लिम अन्य जात जातीमा बच्चा जन्मेने वितिकै विवाहको कुरो चलेको मौलाना जमालीले बताए ।
युनिसेफको सहयोगमा निरन नेपालले राष्ट्रकै धेरै जसो जिल्लामा कार्यक्रम गर्दै आईरहेको छ । सो संस्थाले रौतहट जिल्लामा बाल विवाह कुरिति अन्त गर्नका लागि धार्मिक गुरुहरु, मौलाना, ओमशान्ति, कृष्ण प्रणामी, मठाधिश, बौद्ध, क्रिश्चन, पिछडिएका दलित, डोम जातीबाट प्रनितिधित्व हुने गरी एउटा समिति बनाई गाउँ टोल बस्तीमा जनचेतना जगाउने काम गरेको छ । कम उमेरमा विवाह गरेमा दण्ड सजाय, जेल सम्म तथा जरिवानाको समेत व्यवस्था गरिएको छ । बाल विवाह, दहेज जातिय भेदभावलाई उन्मुलन गर्न विभिन्न किसिमबाट जनचेतना जगाउने काम भईहरेको ओमशान्तिका भाई ओम प्रकाश साहले बताए । बाल विवाह रोक्न विना दहेजको विवाह गराउनमा मद्दत गरिरहेको मौलानाहरुले जानकारी गराए । सो बैठक धार्मिक संजालका अध्यक्ष असलम जमालीको अध्यक्षतामा धार्मिकसंजालका समितिका सदस्यहरुको बैठक बसेको छ । सो बैठकबाट अगामी दिनमा यसलाई गाउँघर टोलमा विस्तृत तरिकाबाट जनचेतना जगाउने प्रतिवद्धता व्यक्त गरियो ।