१८ मंसिर, धादिङ । धुनिबेँसी नगरपालिका–६ चालिसेमा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ७४०७ नँम्बरको ट्रिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए । विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो घटनामा चितवनको खुरखुरे–११ घर भएका टि«पर चालक ३५ वर्षीय राजेश लामा घाइते भएका छन् । Onlinekhabr.com