रौतहट, १८ मंसिर रौतहट सदरमुकाम गौरमा आज २६ औं अन्तर्रा्ष्ट्रिय आपाङ्ग दिवस “सबैका लागि दिगो र शान्तामुलक समाज उन्मुख रुपान्तरण” नाराका साथ आपाङ्ग दिवस मनाएका छन् । रौतहट जिल्लामा आपाङ्ग भएका व्यक्तिहरुले बिपि चौक देखि जुलुश निकालि गौर नगरपालिको परिक्रममा गर्दै राईसमिलमा कोण सभा परिणत भई विशेष कार्यक्रम गरी दिवस मनाएको छ । कार्यक्रम को प्रमुख अतिथि महिला बालबालिका तथा समाज कल्याण विभागका रौतहट गौरका महिला अधिकृत शावित्रा न्योपाने र नेपाली काँग्रेस पार्टीको भातृ संस्थाको लोकतान्त्रिक आपाङ्ग संघका अध्यक्ष विशिष्ट अतिथि नितेश कुमार गुप्ता, जिल्ला प्रशासनका रौतहटका प्रशासकिय अधिकृत आवेद अन्सारी, जिल्ला समन्वय समतिका रोशनी श्रेष्ट, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो कार्यक्रममा अध्यक्ष नितेश कुमार गुप्ताले आपाङ्ग भएका व्यक्तिहरुको हक अधिकार नेपाली काँग्रेस पार्टी नै समाधान गर्ने तथा अपाङ्ग मैत्री निर्वाचन बनाउन समेत गुप्ताले आग्रह गर्नु भयो ।