नरेन्द्र साह,रौतहट ,२० मङ्सिर विहिवार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा शुरू भएको मौन अवधिमा पनि रौतहट जिल्लामा प्रचार प्रसार जारी रहेको छ । राजनितिक दलका उम्मेदवारहरु मौन अवधिमा पलना गर्नु पर्ने शर्तको उलंघन गर्दै प्रचार प्रसार गरी रहेपनि नियंत्रण गर्ने निकाय मौन बसेका छन । सवारी अनुमति पत्र कड़ाईका साथ चेकजांच गर्ने कार्यमा व्यास्त देखिएका सुरक्षाकर्मीहरु उम्मेदवारहरुको गाड़ीमा लगाइएको बैनर हेर्न भ्याएका छैन । निर्वाचन आयोगले मौन अवधिमा कुनै किसिमको निर्वाचन चिन्ह प्रयोग गर्न र मत मागन नपाइने, मतदान केन्द्र स्थल देखि ३ सय मिटर वरिपरि निर्वाचन चिन्ह प्रयोग भएको पोस्टर, झण्डा, बैनर राख्नु नहुने भने पनि रौतहटमा यसको नियंत्रण हुन सकेका छैन । सदरमुकाम गौरमा मतदान केन्द्र रहेको ठाउमा अहिले सम्म पोस्टर र झण्डा रहेका छन । दलित कन्या प्रा वि, सिचाई डिभिजन कार्यालय, जुद्ध माध्यमिक विद्यालय, बैधनाथ प्रा वि, शिवालय मंदिर लगायतका मतदान केन्द्रको नजिकमा राजनितिक दलका उम्मेदवारहरुको निर्वाचन चिन्ह अंकित प्रचार सामग्री यथावत रहेका छन । कतिपय मतदान केन्द्रको मुख्य गेटमा नै प्रचार सामग्री रहे तापनि प्रहरीले कुनै वास्ता गरेका छैन । मतदान केन्द्र नजदीकमा मतदान हुने दिनसम्म निर्वाचन चिन्ह अंकित प्रचार सामग्री राखिएमा मतदानमा असर पर्ने हुनाले मौन अबधि शुरू हुनु अगावै हटाई सकिनु पर्ने निर्वाचन अचार सहिंतामा उल्लेख गरिएको छ । मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले मतदान केन्द्र नजिकै तोकिएको परिधि भित्रमा रहेको प्रचार सामग्री चाडै हटाउन लगाउने बताएका छन । चुनावको समय नजिकदै ज्यादा उम्मेदवारहरुको तनाव बढ्दै गएको देखिएको छ । निर्वाचनको लागि तोकिएको ४४९ मतदान केन्द्रहरुमा निर्वाचन सामग्री सहित कर्मचारी, सुरक्षाकर्मी पुगी सकेका छन ।
रौतहटमा मौन अवधिमा प्रचारप्रसार जारी, गौरका मतदान केन्द्र नजिक निर्वाचन चिन्ह अंकित प्रचार सामग्री यथावत
रौतहटमा मौन अवधिमा प्रचारप्रसार जारी, गौरका मतदान केन्द्र नजिक निर्वाचन चिन्ह अंकित प्रचार सामग्री यथावत
Advertisement