गौर मंसिर २० । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रौतहट जिल्लाको शान्तिसुरक्षा कडा पारिएको छ। आमनागरिक, मतदाता तथा उम्मेदवारका साथै मतदानस्थलमा खटिएका कर्मचारीको सुरक्षाका लगि सबै उपाय अपनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई ४ निर्वाचन क्षेत्रका सबै मतदान स्थलमा खटाइएको छ। निर्वाचन सुरक्षाका लागि धेरै सख्यामा सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रमुख पोखरेलको भनाइ छ। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा रहेको रौतहटमा चार सय ४९ मतदानस्थल रहेका छन्। सोमबारदेखि नै नेपाल भारत सीमा क्षेत्रका गौर, बंकुलगायत सबै नाका बन्द गरिएको छ ।