हरेन्द्र कुमार साह गौर मंसिर २० । मंगलवार देखि मौन अवधि रौतहटका अधिकांश दलित तथा गरिब बस्तिका मतदातालाई भोजभात खान भ्याई–नभ्याई भएको देखिएको छ । उम्मेदवारहरुले आफूलाई मत दिन आग्रह गर्दै गरिब तथा दलित बस्तिमा भोजभतेरको व्यवस्था गर्दै आएका छन् । विभिन्न क्षेत्रहरु विभिन्न दलका प्रतिनिभिसभा सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरु गरिब बस्ती, दलित बस्तीमा मासु, मछलीको भोजभतेर भईरहेको देखिएको छ । बढी प्रतिस्पर्धामा रहेका कतिपय गाउँ टोलमा पैसा वितरण भए पनि दलित बस्तिमा उम्मेदवारले पैसाको मतलव नराखी दलित बस्तिमा भोजको व्यवस्था गर्ने गरेको रौतहटका दलित समुदायका एक अगुवाले जानकारी दिए । पैसा, मासुको लोभमा नपरी आफ्नो मत सहि उम्मेदवारलाई दिनको लागि आग्रह गरिन्छ ।