रौतहट, २२ मंसिर । रौतहट क्षेत्र नं ४ को मतगणना बारे बसेको सर्वदलीय बैठकमा विवाद भएको छ ।निर्वाचनको दिन गढीमाई नगरपालिकाको गम्हरीया पर्सा टोलका मतपेटिका बाम गठबन्धनका उम्मेदवार बन्सीधर मिश्राले ६ वटा मतपेटिका आफ्नो निजी सवारीमा बोकेर सदरमुकाम गौरमा लयाएको बिषयमा कुरा नमिलेको कारण बैठक विना निष्कर्ष स्थगित भएको छ । नेपाली काँग्रेसका प्रतिनिधिसभाको उम्मेदवार देव प्रसाद तिमिल्सिनाको भनाइ निजी गाडीमा मत पेटीका कुन अधारमा आफै चढेर ल्याएकोले हाम्रो प्रतिनिधिले जुन तरिकाले सबैको रोहबरमा शिलबन्धी गरेको थियो त्यस्तो छ भने ठिक नत्र फेरि त्यो मतदान केन्द्रको चुनाव गराउनुपर्ने बताएका छन । यो क्षेत्रको सबै दलका प्रतिनिधिहरूको सर्व सहमति नभए सम्म मतगणना कार्य अगाडि नबढाउने बताए ।