नरेन्द्र साह,रौतहट मंसिर २४ । संघिय सामाजवादी फोरम नेपाल पार्टीका केन्द्रिय सदस्य तथा रौतहट सह जिल्ला ईन्चार्ज एव मधेस आज्दोलनको नायक पूर्व सांसद बबन सिंहले आफुले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । आइतवार एक प्रेश बिज्ञप्ती निकाल्दै नेता सिंहले मधेशी पार्टि जातीवाद, पुँजीवाद, नातावाद र कृपावादको अखाडा भएको आरोप लगाउदै पार्टि परित्याग गरेको बताएका छन् । नेता सिंहले मधेशी जनताको निम्ति एक दशक देखि संघर्ष गर्दा पनि आफ्नो मान, स्वभिमान र प्रतिष्ठासँग खेल्दै मधेश बिरोधी व्यक्तिलाई पार्टिमा हाबि बनाएको आरोप लगाउँदै पार्टिले नियतबस पैसा दिनेलाई र मधेश आन्दोलन बिरोध गर्ने लाई महत्व दिएको हुनाले आफु आज देखि संघीय समाजवादि फोरम नेपालको साधारण सदस्य समेतबाट राजिनामा दिई पार्टि परित्याग गरेको सम्पूर्णलाई प्रेश विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।