नरेन्द्र साह,रौतहट मंसिर २९ / रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको आर्थिक सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् । करिब ६ लाखको लागतमा निर्माण गरिएको घर स्थानीय अनुठा बैठा, हरिचन्द्र सिंह, दिनेश महरा, रमेश महरा, फकिरा ठाकुर, लछु ठाकुर, जोगिन्दर ठाकुर र इन्दु रामलाई हस्तान्तरण गरिएको छ । थप पाँचवटा घर निर्माण भैरहेको छ । बाढीले घरबारविहीन बनेका १३ परिवारको लागि घर निर्माण गरीएको थर्ड एलान्यन्सका संस्थापक अध्यक्ष अधिबक्ता दिपेन्द्र झा ले जानकारी दिएका छन बाढीले घरवार बिहीन भएका सयौं परीवार हाल सम्म खुला आकाशमा जीवन यापन गर्न बाध्य भए पनि सरकार मौन बसेको छ ।