नरेन्द्र साह,रौतहट,मंसिर २९ रौतहटमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौरको जुद्ध उच्च माध्यमिक विद्यालय गौरमा भएको मतगणनामा नेपाली काँग्रेस लाई सबैभन्दा बढि मत परेको छ । प्रतिनिधि सभाको लागि समानुपातिक तर्फ गणना हुदा नेपाली कांग्रेसले ५५ हजार ५ सय १८ मत प्राप्त गरेको छ । एमालले ३८ हजार ८ सय १८, राजपा नेपालले ४१ हजार ३, माओवादी केन्द्रले ३३ हजार २ सय ७०, सघिय समाजवादी फोरमले २५ हजार ३ सय ६४ मत पाएको छ । यस्तै नेपाल संघिय समाजबादी पार्टीले ४ हजार ७ सय १८, बहुजन शक्ति पाटीले १ हजार ७ सय २४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १०५ मत प्राप्त गरेको छ । यस्तै प्रदेश सभाको समानुपातिक तर्फ नेपाली काग्रेसले ४९ हजार ७४, राष्ट्रिय जनता पार्टीले ३६ हजार ६ सय ७६, एमालले ३२ हजार ७ सय ६३, माओबादी केन्द्रले ३३ हजार ६ सय ८२, संघिय समाजबादी फोरम नेपालले २४ हजार १ सय ९७, नेपाल संघिय समाजबादी पार्टीले ५ हजार ३ सय २६, बहुजन शक्ति पार्टीले १ हजार ८००, नेपाल जनता पार्टीले १ हजार १, नेपाली जनता दलले १ हजार ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ सय २ मत पाएका छन ।