रौतहट, पुस ३०, गौर नगरपालिकाको प्रथम नगरसभा अधिवेशन खुल्ला रुपमा आफ्नै प्राङ्गनमा तामछामका साथ सम्पन्न भएको छ । २०५४ सालमा भएको स्थानीय चुनावपछि राष्ट्रकै विभिन्न ओहर दोहर सत्ता, जनयुद्ध, मधेश आन्दोलनका ज्ञातअज्ञात बीर सहिदहरु प्रति राष्ट्रगान तथा श्राद्धन्जली अपर्ण गरिएको छ । मधेशके शान मधेश के पहिचान धोती कुर्ता गमछा के साथ पधाधिकारीहरु उपस्थित रहेका थिए । सो सभाा अजय कु्मार गुप्ताका अध्यक्ष्यतामा अतिथिगणमा र नगरपालिका पधाधिकारी एवं कार्यालय प्रमुखहरु रहेका थिए । सो कार्यक्रमको बीच वार्षिक निति वजेट प्रस्तुत गरेका थिए । आ.व.२०७३÷०७४ को यथार्थ बजेज देखि लिएर २०७५÷०७६ सम्मको आय व्यय सम्म प्रस्तुत गरिएको छ । २०७३ को आय २८,२६,६१२।९९, व्यय २३,७५,०७,१०२।०७ बैक मौज्दात ४,५६,१९,५१०।९२ रहेको छ । चालु शा.व. २०७४÷०७५ प्रस्तावित आय १९,४८,९२,९१०।–, व्यय १९,४८,९२,९१०।–, संसोधित आय ४२,७१,४०,०८५।९५, आव.२०७५÷०७६ आ.व.प्रस्तावित आय ६२,१५,०५,५७५।– , प्रस्तावित व्यय ६२,१५,०५,५७५।– रहेको छ । कृषि, शिक्षा, स्वास्थ्य, पशु, वृद्ध, सरसफाई पोषण संचार क्षेत्र तथा अन्य समेत शिर्षकमा रकम विनियोजन गरिएको छ । सो बजेट गौर नगरप्रमुख अजय गुप्ताद्धारा बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कार्यक्रम संचालक उपमेयर किरण ठाकुरले गरेका थिए । आ.व.२०७४÷०७५ को लागि ४२ करोड ७१ लाख ४० हजार ८५ रुपैया पैसा ९२ विनियोजना गरिएको छ । सो खुला सभामा जिल्लाका कार्यालय प्रमुख, निर्वाचन अधिकृतलाई हौसलाले नगरपालिकाका ८ जना कर्मचारीलाई नगद पुरस्कार सहित साम्मान गरिएको छ । सो नगर सभामा वडाका अध्यक्षहरु, वडाका सदस्यगण, सल्लाकार समितिका सदस्यगणहरु, बुद्धिजिवी, नागरिक समाज, स्थानीय जनता, प्रहरी, संचारकर्मीको उपस्थिति रहेको थियो । भोलि बनसत्र हुने जनाएको छ ।