तपाईको स्वास्थ्य हाम्रो अठोट नाराका साथ सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेंकु, काठमाडौंको आयोजनामा १ दिने बीमा कार्यक्रम अभिमुखीकरण गौर अस्पतालको सभाहलमा सम्पन्न भएको छ ।
२०७१ साल देखि कैलाली जिल्लाबाट शुरुवात भई आज रौतहट सम्म २२ जिल्ला सम्म पुगेको संचालक स्वास्थ्य सयोजक दिनबन्दु यादवले बताए ।
यस जिल्लाका चन्द्रनिगाहपुरमा नमूनाको रुपमा तर अहिले सबै न.पा.र गा.पा.मा स्वास्थ्य वीमा कार्यक्रम संचालन हुने केन्द्रिय प्रशिक्षक राज किशोर रायले बताए । प्रत्येक परिवारमा पाँच जना सम्मको परिवारले वार्षिक रुपमा हर घर प्रति परिवार २५०० रुपिया र ५ जना भन्दा बढी भएका प्रति सदस्य ४२५ का दरले योगदान रकम तिरी स्वास्थ्य वीमा गराउनु पर्दछ । ५० हजार रुपिया सम्मको सेवा पाईन्छ र ५० हजार भन्दा बढी लागेमा आफूले तिर्नु पर्ने उदघोष रहेको छ । प्रत्येक वडामा स्वास्थ्य वीमाकर्ता नियुक्त हुने सोबाट बीमा कार्ड बनाई लाभ लिन नेपाल सरकारको निति रहेको छ । सबैको घर परिवारमा विरामी कोई न कोई रहेको १ हजार देखि लाखौ रुपिया सम्म खर्च भईरहेको हुन्छ । सो खर्चलाई ध्यानमा राखी स्वास्थ्य बीमा लागु गरिएको प्रशिक्षक राज किशोर रायले जानकारी दिए । सो विरामी पाएक पर्ने अस्पताल वा स्वास्थ्य वीमाले नेपालका कुनै पनि अस्पताल वा निजि क्लिनिकमा गई उपचार गराउनमा योगदान गरेको छ ।
पशुबीमा, कृषिविमा, सवारी विमा, षयदिगत विमा जस्तै स्वास्य वीमा पनि मनुष्यका लागि लाभदाय रहेकोछ । यसबाट जन्मे देखि बालबालिका र बृद्ध सम्मका लागि गरिब विपन्न असहाय परिवालाई बढी लभा लिइने योजना रहेको छ । वर्ष पिच्छे नवीकरण गराउनु पर्दछ । केन्द्र देखि स्थानीय स्तर सम्म समिति गठन भई रहेको छ । गौर न.पा.का नगर प्रमुख अजय गुप्ताको संयोजकमा, उपमेयर, शिक्षा, स्वास्थ्य, नागरिक समाज, नगरपालिका अधिकृत, वीमा कर्ता, अधिकारी सदस्य सचिव रहने व्यवस्था गरिएको छ । सो कार्यक्रम गौर नगरका प्रमुख किरण ठाकुरको अध्यक्षतामा प्रमुख अतिथि अस्पतालका प्रमुख डा.कृष्णा साह, अतिथि जिल्ला प्रशासनका अधिकृत मो.आविद अन्सारी,नागरिक समाजका अध्यक्ष जग्रनाथ केसरी, ने.रे.सो.का कोषाध्यक्ष विजय किशोर झा, शिक्षाका गौर नगरका लेखापरीक्षक सरोज लाल, अधिकृत धिरजलाल दास, एमालेका प्रतिनिधि विनय कर्ण, खानेपानी , वार्डनं.३ का अध्यक्ष श्यामसुन्दर पटेल र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सबै आ–आफनो स्वास्थ्य बीमा बारेमा प्रकाश पार्नु भएको थियो ।