कुष्टरोगको दिवशको अवसरमा पत्रकारसंग छलफल
माघ १४÷रौतहट÷कुष्टरोग समाज निमार्ण बालबालिकाहरुमा शून्य अपाङ्गता हाम्रो अभियान नाराका साथ जिल्लामा स्वास्थ्य कार्यालय रौतहटले ६५ औ विश्व कुष्टरोग दिवश आफनै सभाहलमा मनाएको छ । कुष्टरोग दिवशको अवसरमा एक दिने पत्रकारहरुसंग अन्तरक्रिया गरेको छ । सो रोग प्राचिनकालदेखि नै मानिस संग परिचित भए सर्वप्रथम १८७३ मा नर्वेका बैज्ञानिक डा.जि.एन हयानसनले कुष्टरोग पता लगाएका थिए । छाला, स्नायू र आँखा देख्न नसकिने माइको्र ब्याकटेरिया लिपरी रोग नामको सुक्ष्म किटाणुबाट लाग्ने रोग हो । राष्ट्रको २२ वटा जिल्लामा रोग देखा परेको जसमध्ये रौतहटमा पनि सो रोग देखा परेको हो यस जिल्लाका १२ वटा मध्ये १० वटा न.पा र २ ग.पा मा रोग देखापरेको छ । गौर, राजदेवी, राजपुर, गरुडा, इशनाथ, वृन्दावन, मौलापुर, देवाही, बौद्धीमाई, परोहा, गढीमाई र गा.पा.दुर्गाभगवती, यमुनामाईमा रोग रहेको सयोजक नागेश्वर प्र. जयसवालले बताए । सो रोग जिल्ला अस्पताल वा स्वास्थ्य चौकी वा संस्था मा निःशूल्क उपचार र औषधी पाइने साथै आवत जावत का लागि एक हजार पाउनुहुने फोकल पर्सन महेश साहले बताए । सो कार्यालयका नागेश्वर प्र.जयसवालको अध्यक्षतामा भएको १५ जना सर्चारकर्मीसंग अन्तरक्रिया भएको थियो । कार्यक्रम संचालक महेश साहले बतानुभयो थियो ।