रौतहट, माघ १७ । बाल स्वास्थ्य महाशाखा, स्वास्थ्य सेवा विभाग काठमाडौं टेकुले जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा तथा युनिसेफको सहयोगमा नवजात शिशु लगायत ५ वर्ष मुनिका बालबालिकाहरुको मृत्यू दर न्यूनीकरण गर्न जिल्ला स्तरीय सीबी–एमएलसीआई सम्बन्धी १ दिने कार्यक्रम गरेको छ । आवश्यकता, पहिचान र पैरवी तथा योजना तर्जुमा गोष्ठीमा गर्भ रहेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई सेवा सुधार उपचार, औषधी आउने जाने खर्च अस्पतालबाट दिने सरकारको निर्णय रहेको छ । सोही अनुसार महाशाखाले जिल्ला माहत रहेका अस्पतालमा लाखौ रुपियाको उपकरण र औषधी समेत दिइएको योजना प्रमुख पशुराम श्रेष्ठले बताए । गौर नगरपालिकाका मेयर अजय गुप्ताद्धारा जनताको सेवाका लागि गौर अस्पतालमा नगरपालिकाबाट कुनै किसिमका सेवा सुविधाबाट बंचित नगरिने र आएको बजेटको समयमा दिने गरेको प्रतिवद्धता जनाए तर कामको जिम्मेवारी डाक्टर र सेवा दिनेले लिनु पर्यो ।
सेवा नै धर्म हो नाराका साथ हिडेका डाक्टरहरुको कमी रहेको समय समयमा उपचार निशुल्क औषधी र सेवा पाउने रोगीहरु अस्पताल आउने वितिकै अर्को ठाउँमा रेफर गर्न परम्परालाई अन्तगर्ने राजनैतिक दलका रामपुरकार दास, ललन यादवले तर्क राखेका थिए ।
बालबालिकाहरुलाई बाल स्वास्थ्य शाखाले दुई किसिमका, उपचार गराएर वापत ८००० सम्म रकम एक प्रष्ट दिने छ । तर जन्मेदेखि २४ घण्टा सम्म अस्पताल रहे मात्र बाल मृत्यूदर कम लक्ष्य रहेको छ । पहिला समयमा उपचार डाक्टरको अभाव समयमा औषधी नहुनुले बालमृत्यू हुने गरेको डा.दिपक झाले बतए ।
जिल्ला अस्पताल विकास समितिका अध्यक्ष राधेश्याम साहको अध्यक्षताका प्रमुख अतिथि बाल स्वास्थ्य महाशाखाका पशुराम श्रेष्, दिपक झा, अतिथिमा डा.कृष्ण साह, गौर नगरपालिकाका मेयर अजय गुप्ता, स्वास्थ्यकर्मी, राजनैतिक दल, कार्यालय प्रमुख, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।