काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित सडक सरसफाइमा निस्केका छन् ।काठमाडौंको धुँवा र धलो नियन्त्रण गर्ने पहिलो काम बनाएका मन्त्री पण्डित शनिबार विहान चक्रपथ सरसफाइमा निस्केका हुन् ।सरोकारवालाहरु ४५ हप्ता पहिलेबाट चक्रपथको सरसफाइ गर्दै अाएका छन् । यसअघि सामान्य प्रशासनमन्त्री हुँदा पीअार र ग्रिनकार्डधारी कर्मचारीको सातो खाएका पण्डितले अब कसरी काम गर्लान सबैको ध्यान छ ।