रौतहट/प्रधानन्यायधिस गोपाल पराजुलीको जन्म मिति फरक फरक यस्तै प्रा.वि.बसतपुरमा रहेका शिक्षक विरेन्द्र सिंह सरुवामा मिति फरक परेको पत्र फेला परेको छ । जिल्ला शिक्षा कार्यालयका शिक्षा अधिकारी रामविनय कुमार सिंह कमाउने खेलमा जे जस्तो कागजमा सही गर्दै हिडेको छ । राजदेवी नगरपालिका वडा नं.५ प्रा.वि.मोहनपुर मा दरवन्दी रही हाल कामा रहेको विरेन्द्र कुमार सिंहलाई २०७४।११।०६ को नियर्ण अनसुार पत्रको मिति २०७४।०४।३२ मिति राखि चलानी नं.१६०० लेखि गौर–३ विद्यापतिनगरमा सरुवा पदस्थापन गरिएको छ । त्यस्तै २०७४।११।०६ मितिमा चलानी नं.१६०० नै रहेको चिठीमा समान पत्रमा रही काम गर्न पत्र दिइएको छ । सात महिना वितिसक्दा पनि एउटै विद्यालयमा फरक फरक मिति राखी र चलानी नं. १६०० एउटै नम्बर हुनुमा शंकाको घेरा रहेको छ । कसले गरे जालसाजी कि कमाउने खेलमा देखिए रौतहटमा कति छन छानविन हुन जरुरी देखिएकोमा हला चली रहेको अवस्थामा रौतहटमा पनि मिति एउटै चलानी नम्बर मिति फरकले शंकाको घेरा रहेको छ । पैसा र पावरको खेलमा सहीको महत्व छैन ।