रौतहट, गौर । राष्ट्र कै ऐनाको रुपमा पत्रकारहरुको पाँचदिने आधारभूत पत्रकारिता तालिम कर्मचारी मिलन केन्द्रमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव द्धारा दिप जलाएर उद्घाटन गर्नु भयो । सरकार आखाको पर्दा उखेलर स्पष्ट दिशा तर्फ लग्ने पत्रकार नै हो यादवले भनेको छन् । सो तालिमका आयोजक नेपाल सरकार, सूचना विभाग तथा संचार मन्त्रालय सूचना विभाग, सहआयोजक इमाडोल ललितपुरका संस्था एकिकृत समाज विकास नेपाल (युएसडी नेपाल) तथा संयोजन नेपाल पत्रकार महासंघ रौतहटले गरेको छ । देश संघीयतामा गइसकेपनि राष्ट्रका निति निर्माताहरुले भेदभाव गरी स्थानीय चुनाव देखि सासदीय , राष्ट्रिय सभा चुनाव समेतमा मधेशीहरुलाई उपेक्षित गरेको नेताहरुको आक्रोश पोखेका छन् । सो तालिमका उदघाटन सत्रका अध्यक्षता सूचना विभागका निर्देशक सुमन बज्रचार्य, प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, २ नं.प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र याद, अतिथि युएसडी नेपालका केन्द्रिय कार्यक्रम संयोजक दिपक कार्की सूचना विभागका अनलाई हेर्ने अधिकृत सरस्वती महर्जन रौतहट विधायक बाबुलाल साह, रामकिशोर राय यादव, गौर नगरपालिकाका मेयर अजय गुप्ता, देवाही गोनाहीका मेयर धमेन्द्र प्रसाद पटेल, नेता रेवन्त झा, जिल्लाका अग्रजनेतागण, पत्रकार महासंघका अध्यक्ष रविन्द्र साह, पुर्व अध्यक्ष प्रेम चन्द्र झा, शैलेन्द्र गुुप्ताका साथै पत्रकार महासंघका केन्द्रिय सभासद रामएकवाल साह सहित अन्य सभासद समिति तथा सदस्यगणहरुको उपस्थिति रहेको थियो । पाँच दिने तालिमबाट रौतहटका संचार क्षेत्रमा प्रगति रहने विश्वास रहेको छ । वक्ताहरुले व्यक्त गरे ।