रौतहट,रौतहटमा आज परेको असिना पानीले कृषकहरुको अन्न बालीमा क्षती पुरयाएको छ । एकाएक मौसम बदली भई ठुलठुलो असिना पानी परेपछि रौतहटको दक्षिणी भेगका बासिन्दा पीडित बनेका छन । खपटा र टालीको छाना भएका घरका बासिन्दा पीडित बनेका छन । किसानले लगाएको हाइब्रिड मकै, मसुरो, गंहु लगाएत बिभिन्न तरकारी बाली लाई आजको असिनापानीले क्षती पुरयाएको छ । यस्तै यस बर्ष आपको उत्पादनमा बृध्दि हुने भनिएपनि यस्मा समेत क्षती पुगेको छ । ईट्टाउधोगी समेत मर्कामा परेको ब्यबसायीहरुले बताएका छन । रौतहटको दक्षिणी भेगमा आज परेको असिनाले पुरै जमिन ढाकेको थियो । गएको साउण २८ गतेकोे बाढि बाट पीडित बनेका रौतहटका नागरिक आजको असिना पानी समेत पीडित बनेका छन । पीडाको मलमपट्टी लाग्दै गरेको अबस्थामा साता महिना पछि फेरी पीडित बनेका छन संचारकर्मी प्रभात कुमार झाले बताउनु भयो ।