रौतहट,चैत १७,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं युुवा परिषदका जिल्ला अध्यक्ष राजाबाबु साह कलवार पक्राउ परेका छन् । समाचारको विषयमा सामाजिक सञ्जालमा धम्कीपूर्ण पोष्ट गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नो विषयमा समाचार लेखेको भन्दै उनले पत्रकार संजय मिश्रा बिरुद्ध फेसबुकमा लेख्दै आएका थिए । पत्रकार मिश्राले दिएको लिखित उजुुरीको आधारमा शुक्रबार उनलाई गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी राम कुुमार दानीले जानकारी दिए । कटहरिया नगरपालिका ५ घर साह बिद्यार्थी राजनितिका साथै निजि बिद्यालय सञ्चालक हुन् । तर, साह फतुुआ बिजयपुुरस्थित माबी बिजयपुरका प्रधानाध्यापक सुुदामा यादवको मिलोमतोमा २०७३ असोज देखि उक्त बिद्यालयमा शिक्षकको रुपमा समेत कार्यरत रहेका थिए । उनले सो विद्यालयमा कामै नगरी तलब खाँदै आएको खुल्न आएको थियो । सोहि विषय खुलासा भएपछि उनले सामाजिक सञ्जालमा मिश्राविरुद्ध गालीगलौजका साथै धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका थिए । यसैबीच नेपाल पत्रकार महासंघ रौतहट शाखा,प्रेस चौतारी र प्रेस सेन्टर रौतहटले छुुटाछुटै बिज्ञप्ती प्रकाशित गरी साहमाथि कारबाहीको माग गरेका छन् । प्रहरीले भने साहमाथि अनुसन्धान भइरहेको जनाएको छ ।