रौतहट÷बैशाख २६÷ नेपाली सेना, भरतपुर क्यान्सर अस्पताल र क्लिनिक नेपाल मेघौलीको सहकार्यमा रौतहट जिल्ला ईशनाथ नगरपालिका वडा नं. ९, डुमरिया स्थित स्वास्थ्य चौकी भवनमा निशुल्क क्यान्सर स्क्रिनिङ्ग तथा जनरल मेडिकल क्याम्प संचालन गरिएको छ । उक्त मेडिकल शिविरमा महिला २७२ र पुरुष १४१ गरी जम्मा ४१३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराउनुको साथै औषधी वितरण गरिएको .इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी श्री सुजन शाक्यले बताएका छन् ।