नयाँदिल्ली — इन्डियन प्रिमियर लिग (आईपीएल) का पहिलो नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रर्दशन गरेका छन् उनको प्रदर्शनमा शुक्रबार दिल्ली डेयरडेभिल्सले दुलर्भ विजय हात पारेको छ । उनले खेलमा ‘स्टाइलिस प्लेयर अफ द म्याच’ भएर १ लाख भारु पाएका थिए।१४ औं ओभरमा आफ्नो तेस्रो स्पेल गर्न आएका सन्दीपले चेन्नई सुपर किग्ंसका सुरेश रैनालाई आउट गर्दै आईपीएलमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका हुन् । ओभरको पहिलो बलमै उनले देव्रेहाते ब्याट्सम्यान रैनालाई विजय शंकरको हातबाट क्याचआउट गराए । आफ्नो दोस्रो खेलमा ४ ओभर फाल्दै उनले २१ रनमात्र दिई एक विकेट लिएर कसिलो र उत्कृष्ट प्रदर्शन गरे ।उनको प्रदर्शनमा १ सय ६३ रनको लक्ष्य पाएको चेन्नईले ६ विकेट गुमाई १ सय २८ रनमात्र बनाउन सकेपछि दिल्लीले ३४ रनको विजय हात पारेको हो ।सन्दीपले आईपीएलमा लगातार दोस्रो खेल खेलेका हुन् । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा आईपीएलको ५२ औं म्याचमा सन्दीपलाई त्यो अवसर मिलेको हो । चेन्नई अंकतालिकामा दोस्रो स्थानमा छ भने दिल्ली जितका बावजुद पुछारमै छ । दिल्लीको यो चौथो जित हो ।चेन्नईविरुद्ध पहिलो ब्याटिङ गर्दै दिल्लीले १ सय ६२ रन बनायो । उक्त स्कोर रक्षा गर्न मैदानमा ओर्लेका दिल्लीका कप्तान श्रेय्स ऐय्यरले सन्दीपलाई दोस्रो ओभर गर्न बल दिएका थिए । दिल्लीबाट बलिङ आक्रमणको सुरुआत ट्ेरन्ट बोल्टले गरे र उनले खेलमा २ विकेट लिए । सन्दीपले आफ्नो पहिलो ओभर नै कसिलो गरे । अस्ट्रेलियाका विस्फोट ब्याट्सम्यान शेन वाट्सनविरुद्ध कसिलो बलिङ गर्दै २ रनमात्र दिए ।सन्दीपले आफ्नो दोस्रो स्पेल फाल्न ११ औं ओभरसम्म पर्खनुपर्यो । त्यति बेला क्रिजमा थिए चेन्नईका कप्तान महेन्द्रसिहं धोनी । र, पूरै रंगशाला धोनी, धोनी गुन्जिएको थियो । तर, १७ वर्षीय सन्दीप कुनै दबाब देखिएनन् । उनको पहिलो बलमा धोनीले एकमात्र रन बनाउन सके । दोस्रो ओभरमा पनि सन्दीपले ६ रनमात्र दिए । पूरै ओभरभर धोनी र सुरेश रैनालाई सन्दीपको बलिङले दबाबमा पारेको थियो ।१४ औं ओभरमा पुन: फर्किए सन्दीप बलिङमा । उनले ओभरको पहिलो बलमै रैनालाई आउट गर्न सफल भए । सन्दीपको बलिङमा मिडविकेटमा रहेका शंकरले रैनाको क्याच लिए । ओभरको अन्तिम बलमा उनी थोरैले विकेट लिनबाट चुके । आफ्नो तेस्रो ओभरमा सन्दिपले एक विकेट लिएर दुई रनमात्र खर्चेका थिए । सन्दिपको चौथो औभर भने केही महँगो रहयो । उनको पहिलो बलमै रविन्द्र जडेजाले छक्का प्रहार गरेका थिए । इनिङ्सको १६ औं ओभर गर्नेक्रममा उनले ११ रन खर्चेका थिए ।यसअघि आज शुक्रबार दिल्लीले टस जितेर चेन्नईले दिल्लीलाई पहिले ब्याटिङ निम्तो दिएको थियो । पहिलो विकेट २४ रनमा गुमाएको दिल्लीले २० ओभरमा १ सय ६२ रन बनायो । ओपनर ऋषभ पन्त र कप्तान श्रेयसले दोस्रो विकेटमा ५४ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ अघि बढाए । तर कप्तान ऐय्यर १९ रनमा आउट भएपछि त्यो साझेदारी त टुट्यो नै दिल्लीको ब्याटिङक्रम एकाएक धर्मराउन पुग्यो । ११ ओभरमा २ विकेट क्षतिमा ७८ रन बनाएको दिल्ली १५ औं ओभरमा आइपुग्दा ५ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । तर शंकर र हार्दिक पटेलले छैटौं विकेटमा ३२ बलमा ६५ रनको साझेदारी गर्दै टिमको स्कोर सम्मानजनक अवस्थामा पुर्याए । यो जोडीले अन्तिम ओभरमा ४ छक्का प्रहार गर्दै २६ रन बनायो ।यसअघि शनिबार सन्दीपले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका थिए । उक्त खेलमा गरेको सटिक बलिङका कारण उनको प्रशंसा भएको थियो । उनले ४ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए ।उनको पहिलो म्याचको प्रशंसा उनका टिमका साथीबाट मात्र नभएर चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरहरूबाट समेत भएको थियो । पूर्व भारतीय स्पिनर मनिन्दर सिहंले त सन्दिपको खेलबाट आफू मन्त्रमुग्ध भएको बताए । ‘यो उमेरमा उनको आत्मबिश्वास, लाइन एन्ड लेन्थ, एक्सन र रनअपले मलाई मोहित बनायो । मलाई मेरा पुराना दिनहरूको सम्झना भयो,’ सिंहले भने । सिंह आफै पनि भारतका उत्कृष्ट स्पिनरका रुपमा चिनिन्छन् र उनले सत्र बर्षकै उमेरमा टेष्ट खेलेर सबैभन्दा कान्छो उमेरमा टेस्ट खेल्ने भारतीय बनेका थिए । जुन किर्तीमानपछि सचिन तेन्दुलकरले तोडेका थिए । सिंह सन् १९८७ मा बिश्वकप क्रिकेटमा सबैभन्दा बढी विकेट लिने स्पिनर समेत हुन । सन्दिपलाई दिल्ली डेयरडेभिल्स्मा चालु सिजनका लागि २० लाख भारुमा अनुबन्ध गरेको हो ।