गौर, राणा शासन कालमा चल्दै आएको गौर राइसमिलको जग्गा अहिले भु–माफियाद्धारा विक्रि गर्न खोजेको छ । गौरको नाम गौरीया पंक्षीबाट शुरु भएकोमा राईसमिलमा गई पंक्षीहरु आहारको रुपमा पेट पाल्दै थिए । यस जिल्लामा किसानहरुको संख्या बढी भएकोमा धानको उब्बजनी बढी हुने गर्दथे । रौतहटको शहर गौरमा पर्ती रहेका जग्गा राणा र पडोशी देश भारतका अग्रेज शासकहरु मिलि गौर राइस मिलको संचालन गरेको थिए । नेपाल सरकारका ऐलानी जग्गामा ठुला शक्तिशाली द्रोण शम्मसेर जवराको रोहवरमा राईसमिलको संचालनले यस जिल्लाका किसान र गरिब परिवार लाभन्वित भएका थिए । अहिले आएर तेरो मेरो जग्गाको विवाद चरण रुपमा रहेको छ । कमिशनको लोभमा संसद, विधायक स्थानीय स्तरका जिते नजितेका उम्मेदवार समेत कमिशनको रुपमा तानिएको पूर्व सभापति राजेन्द्र पटेलले बताए ।
नयाँ गणतन्त्र एवं संघीयता भएतापनि गौर राईसमिलको जग्गा खरिद एवं अघिग्रहण गर्नमा बजेट संघ र प्रदेश सरकारले नदिनुको कारण एवं सदनमा सांसद वा विधायकले अवाज नउठाउनुको कारण जितेका नेता एवं लोभीनेता कहा गएको जनताले सोध्न थालेका छन् ।
म छु भन्ने पूर्व प्रधानमन्त्री देखि अहिलेको संसद, विधायक, जनप्रतिनिधिको खिचातानीको कारण गौर राईस मिलको जग्गा रौतहटको धरोहर एवं लाखौ युवाहरुको भविष्य माथि खेलवाड भएको समाजिक अगुवाहरुले त्राहिम भएको छ ।