रामएकवाल साह, गौर÷युकेएआईडीको सहयोग र सर्च फर कमन ग्राउण्ड सहकार्यमा विपन्न र सिमान्कृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यका साथ एक दिने सुरक्षा र न्यायको सवालमा सचारकर्मी र सरोकारवालाहरुबीच संवाद कार्यक्रम पत्रकार महासंघको हलमा सम्पन्न गरेको छ ।
तीन वर्ष देखि यस जिल्लामा महिला, विपन्न वर्ग गरिब परिवार एवं प्रहरी र जनता बीच समन्वय गर्ने लक्ष्यका साथ जिल्लाका धेरैजसो न.पा. र गा.पा.मा कार्यक्रम गर्दै आएको छ । अशिक्षित बेरोजगार यूवा युवतीलाई जनचेतना मार्फत बढी प्रभावकारी बनाएको छ । गाउँ घरमा महिला हिंसा दहेज प्रथा, उन्मुलन मुद्धा मामिलालाई मेलमिलाप मार्फत मिलापत्र पनि गर्ने गरेको कार्यक्रम संयोजक पुनम ठाकुरले बताईन । बहु, विवाह, बाल विवाह, जनता र प्रहरी बीच समन्वय जस्ता पनि कार्य गरेको छ । मदिरा उत्पादन विक्रि वितरणबाट समाजमा पर्ने प्रभावलाई कम गर्न जनचेतना जगाउने कार्य गरेको र पत्रकारहरुको भूमिका सहयोगात्मक कार्य गरेको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको आयोजकका अध्यक्ष रविन्द्र साह, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, शसस्त्र प्रहरीका एसपी कृष्ण ढकाल, जनपद प्रहरी गौरका प्रहरी निरीक्षक मनोज यादव, महिला विकास अधिकृत सवित्रा न्यौपाने, बारएशोसिएसन कानूनी व्यवसायी सुरेश तिवारी सहित जिल्लाका दर्जनौ संचारकर्मीहरु उपस्थिति रहेको थियो । सहजकर्ताको रुपमा विनय कुमार लाल दास गर्नुभएको भने कार्यक्रम संचालन पुनम ठाकुरले गर्नु भएको थियो ।