गौर, आफु बचौं र प्रदुषण बाट बचौ नाराका साथ जिल्लाका होनहार युवाहरुले बढदै गएको प्रदुषणलाई रोक्न सरसफाईमा जुटेका छन् । रौतहट शहका गौरव गौरमा नगर कार्यालय देखि सरकारी कार्यालयका निकायहरु कोठामा चुप चाप बसी रमाइ रहेको छ । मिठो र गुलियो स्वाद जस्तै घुलेको र वायुमण्डलीय प्रदुषणको पनि स्वाद लिए रहेको छ । मखख परेका ठूला वडाहरु मास्क र साना मझौलाहरु मुखमा रुमाल छोपेर हिड्दा न्यनय दिने निकायले आखाँमा पटी रोखेर न्याय दिन्न थालेको छ ।
वर्षौ देखि सरकारी गैर सरकारी निकायले वृक्षारोपन र सरसफाईको नाममा लाखौ रुपिया खर्च गरेकोे छ । तर जनता दम रुघा खोकी अन्य रोग शिकार बढ्दै गएको छ ।
दिनहु हजारैको संख्यामा उपस्थित हुने गौर बसपार्कको अवस्था हेर्दा बसपार्क फोहर फाल्ने डाफिग साइड भएको छ । बेटी बचाऔ बेटी पढाऔ अभियान जस्तै स्वच्छता अभियान खडा हुन थालेको छ । स्वच्छ र वातावरण सबैलाई चाहिए तर निकायबाट आएको रकमको खुल्म खुल्ला दुरुपयोग भइरहेको अभियानकर्मी जयप्रकाश यादवले बताए । गौर बसपार्क बाट दिनहु १५० ÷ ५० जिल्लादेखि काठमाडौ सम्म पुग्ने गरेको छ । लापरवाह ठेकेदार र वाइफाइ चलाउने पदाधिकारीको जुम्ला सावित भएको उपेन्द्र यादवले बताएका छन् ।