गौर । माउण्ट एभरेष्ट माध्यमिक विद्यालय चपुर तथा माउण्ट एभरेष्ट एजुकेशन फाउण्डेशन प्रा.लि. रौतहटमा तीन करोड भन्दा बढीको रकम हिनामिना भएको समाचार प्राप्त भएको छ । उक्त फाउण्डेशनका प्रा.लि.का प्रबन्धक उमेश प्रसाद बासकोटा र लेखापाल अनन्त कुमार अधिकारीले विद्यालयको आर्थिक कारोबार (कोष) को जिम्मेवारी लिएको कारण आ.व. २०६७।०६८ देखि आ.व. २०७४।०७५ सम्म ३ करोड १२ लाख २८ हजार ३ सय ८२ रुपैया निजहरुले हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । माउण्ट एभरेष्ट माध्यमिक विद्यालय चपुर तथा माउण्ट एभरेष्ट एजुकेशन फाउण्डेशन प्रा.लि. रौतहटले खरीद गरेको जग्गा यस विद्यालयको प्रबन्धक उमेश प्रसाद सापकोटाको नाममा दर्ता कायम भएको चन्द्रनिगाहपुर गाविस वडा नं. ५मा सात कठ्ठा चार धुर व्यक्तिगत सापकोटाको नाममा भएपनि यथासिघ्र वासकोटाको नामबाट विद्यालयको नाममा नामसारी गराउनु पर्ने बैठकको सर्वसहमतिबाट भएको निर्णयलाई लत्याएको आरोप छ । वर्षे पिच्छे निज अधिकारीक व्यक्तिहरु प्रबन्धक उमेश प्रसाद वासकोटा र लेखापाल अनन्त कुमार अधिकारी दुवै जनाले शेयरधनीहरुको उपस्थितिमा हिसाब किताब प्रस्तुत गर्नुपर्नेमा नगरी ठुलो गैर जिम्मेवारीपन र दुषित मनसाय राखेको माविका लेखा समिति संयोजक प्रेमशंकर मिश्र हस्ताक्षरित प्रतिवेदनबाट झल्किन छ । पटक पटक मौखिक र लिखित रुपमा हिसाब किताब प्रस्तुत गर्नको लागि ताकेता भएपनि अटेरी गरी लामो समयसम्म आर्थिक कारोबार अन्यौलमा राखिएको र अब उपरान्त देखि आर्थिक कारोबारको जिम्मवारी अनिवार्य रुपमा परिवर्तन गर्नुपर्नेमा मनपरि गरिरहेको उल्लेख छ । उक्त विद्यालयको प्रबन्धक उमेश प्रसाद वासकोटा र लेखापाल अनन्त कुमार अधिकारीमाथि बेरुजु रहेको रकम अविलम्बन विद्यालयको खातामा जम्मा गर्न माग विद्यालयका लेखा समिति संयोजक प्रेमशंकर मिश्राले गरेका छन् ।