रौतहट÷सम्भव, शुन्य सहनशिलता परियोजनाले लैङ्गिक हिंसा बीच एक दिने अन्तक्रिया कार्यक्रम गरेको छ । ई.स.२०१७ साल देखि यस जिल्ला १४ नगरपालिका र १ गाउँपालिकाका ५० वटा विद्यालयमा विद्यार्थी भर्ना देखि नै काम गर्दै आईरहेको प्रस्तुतकर्ता सुशिल थापाले बताउनु भयो ।
प्रत्येक विद्यालयमा उजुरी देखि घटना समेत भएका बारेमा महिला तथा बालबालिका कार्यालय मार्फत छिनो फानो गरेको छ । विद्यालयमा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि बीच छलफलको माध्यमबाट आज जिल्लाका होनहार छात्रा कनकपुर मा.वि.का कक्षा ६ मा अध्ययनरत अस्मिता चौधरीले युरोपको इटली शहरमा ६ दिने अवलोकन गरेकी छिन् ।
युएसआईडी, युनिसेफ, टेस्टलेसनको आर्थिक सहयोग जनसेवा नेपाल रौतहटको आयोजनामा जिल्ला स्तरीय सरोकारवालाहरु बीच अन्तक्रियामा कार्यक्रम संयोजक भाग्यनारायण महतो, नेपाल पत्रकार महासंघका अध्यक्ष रविन्द्र साह, प्रहरी निरीक्षक ओमप्रकाश यादव, श्रोत व्यक्ति र संचारकर्मीहरुको उपस्थित रहेको थियो ।