राजपुर, रौतहट÷स्थानीय निकाय चुनाव हुने वितिकै गाउँ गाउँमा विकाशको लहर जागेको छ । रौतहट जिल्ला ठेला बोलिने ठाउँ राजपुर नगरपालिकाले फडको मारेको छ । सभासद भएको गाउँमा विकास नहुदाँ अनौठो लाग्दछ । वर्षा भागमा हिलो हिलो र गर्मीमा धुलो धुलो भएको गाउँ राजपुर थियौं । अहिले राजपुर न.पा.५ वडा कार्यालयले ठुलो बजेटले विकास फडको मारेको छ । ८३ लाखको लागतमा मदनी मिशन देखि पानीकै समय आरसीसी ढलानी कार्य हुदैछ । वडा अध्यक्ष जयमगल प्रसादको बजेट ६३ लाख र मेयर सकिलको बजेट २० लाखको लागतमा बाटो बन्दैछ । बाटोले आवत जावतमा ठुलो समस्याबाट भोग्दै आएको जनता अब विकास भएको महसुस गर्न थालेको छ ।