रौतहट, बौधीमाई न.पा.७, बंकुल स्थित रामजानकी मन्दिरको जग्गामा २ कठा १५ धुर जग्गाधनी श्री राधेश्याम त्यागी वडा कार्यालयको लागि जग्गा दान दिएका छन् । सो वडा कार्यालयको शिल्या मेयर राजिव रन्जन यादव, उपमेयर प्रेमलता कुशवाहा, प्रशासकिय अधिकृत विरेन्द्र प्रसाद चन्द्रवंशी, वडा अध्यक्ष विजय प्रसाद कुशवाहा सहित ५ जनाले शिल्यान्यास गरेको छन् सो शिल्यान्यासमा वडा अध्यक्ष विजली राय यादव सहित सयौंको सहभागिता रहेको थियो । सिडिपियो सहयोगमा ९५ लाखको लागतमा २ तल्ले घरको ६ कोठे भवन निर्माण हुन लागेको छ ।