गौर, सेवा नै कर हो कर नै विकास हो नाराका साथ गौर नगरपालिका कार्यालयले एक दिने करदाता शिक्षा सचेतना कार्यक्रम गरेको छ ।
जनताको अधिकारलाई सूचित गर्न कार्यालयले लगाएको करको बारेमा बताउनु पर्ने कर्तव्य रहेको छ ।
२०७५÷०७६ सालको सेवाको किसिम र सम्पति कर नागरिक वडा पत्रमा रहेतापनि गाउँ गाउँमा प्रचार प्रसार हुन नसक्दा कतिपय जनता अक्रोश पोखेको हुन्छ ।
आफना जनतालाई कर एवं सेवाको बारेमा गाउँ गाउँमा एक दिने अभिमुखीकरण कार्यक्रमले जनता सचेत हुनेछ । २५ किसिमको सम्पति कर एवं २५ किसिमका सेवा सिफारिस बारे प्रशिक्षक एवं लेखा परिक्षक सरोज कुमार लालदासले पंचासौंको संख्यामा रहेका विद्यालयका शिक्षक शिक्षिका व्यवस्थापन पदाधिकारीहरु, राजनैतिक दल, करदाता, यूवा, महिला एवं वडा समितिका बोर्ड पदाधिकारीहरको सहभागितामा विभिन्न किसिमको करको बारेमा बताउनु भयो । गौर नगरपालिका नगरकार्यपालिको कार्यालय गौरको आयोजनामा गौर वडा नं.७ का वडा अध्यक्ष शेख मजहर खाँको अध्यक्षतामा करशिक्षा कार्यक्रम सरस्वती आधारभूत विद्यालय सिसवामा सम्पन्न भएको छ ।
विद्यालयका प्र.अ.नवल किशोर सिंह, संचारकर्मी विनयकुमार लाल दास, रामएकवाल साह, राजनैतिक दल प्रमोद साह लगायतहरुले कर शिक्षाको बारेमा प्रष्ट पार्नु भयो ।
करदाता शिक्षा कार्यक्रमलाई सहयोग गर्न कर्मचारी सहलेखापाल सोहैल अन्सारी, मनोज पटेल, सिताराम रिमालले भरपुर सहयोग गरेको छ ।