सरमुजवा, युरोपियन युनियन, आसमान नेपाल र WHH को सहयोगमा संचालित बौधीमाई नगरपालिकाका कार्यपालिका सदस्य र पदाधिकारीहरुलाई तीन दिने तालिम दिइएको छ ।
नगरपालिका अन्तर्गत जनतालाई सेवा दिने खालका जवाफदेहिताका औजार, लैङ्गिग समानता तथा समाजिक समावेशीकरण सम्बन्धी तालिमले आफनो विकास एवं जनतालाई सेवा पुग्ने सोच राखेका आयोजक संस्था वातावरण तथा वाल विकास परिषद् रौतहटले जानकारी दिइएको छ ।
समाजिक परीक्षण सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण तीन भागमा विभान गरी आ आफनो महत्व रहेको परिक्षण र सुनुवाईलाई जनता सामु कसरी समाउने खालका प्रश्न उब्जेका छन् । प्रशिक्षक गोविन्द र कमला ओलीले कार्यपालिकाका मेयर राजीव रंजन यादव, उपमेयर प्रेमलता कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र प्रसाद चन्द्रवंशी सहित कार्यपालिका का वडा अध्यक्ष एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।