सुमन राव
गौर । ईशनाथ नगरपालिका विकास तर्फ उन्मुख भएको छ । नन्दकिशोर गुप्ता निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए पश्चात नगरपालिका विकासको मुलधारमा आएका छन् ।
२०७६ बैशाख ३ गते हाजिर भए पश्चत प्रमुख गुप्ताले नगरपालिकाका कार्यालय लगतय वडा कार्यालय, शिक्षा र स्वास्थ्य क्षेत्रलाई नियमितता तथा व्यवस्थापनमा विशेष जोड दिनु भएको छ ।
नगरपालिकाबाट संचातिल कार्यक्रम, योजना तथा प्रधानमन्त्री रोजगार कार्यक्रममा विशेष रुपले ध्यान दिन नगर भित्रका २१६ जना बेरोजगार मध्ये २५ जना महिला तथा १९१ जना पुरुषलाई रोजगार दिनु भएको छ ।
विगत २ वर्ष देखि अपांग परिचय पत्रबाट बंचित १८० जना सेवाग्राहीलाई समयमा नै परिचय पत्र वितरण गराउनु भएको हो । प्रमुख गुप्ताको अथक प्रयासले गर्दा राजश्वमा बृद्धि भएको तथा बेरुजलाई न्यून गर्न तर्फ विशेष रुपले पहल गरिरहनु भएको छ ।
२०७६ आषाढ २६ र २७ गते परेको अविलर वर्षाका कारण ईशनाथ नगरपालिका अन्तर्गतका वडा नं. १,२ र ३ मा भएको जनधनको क्षति प्रति प्रमुख गुप्ताले दिनरात जुटि बाढ पीडितहरुलाई राहत तथा स्वास्थ्य शिविर राखी सेवा पुर्याउनु भएको हो ।
नगरपालिकाको आवश्यकता महशुस गर्दै नगरप्रहरकिो भर्ना प्रकृया अगाडी बढाउनु भएको हो । निमित प्रमुख प्रशासकीय अधिकृत गुप्ताले नगर भित्रका वडा कार्याल्य, स्वास्थ्य चौकी तथा विद्यालयहरुमा नियमित अनुगमनले गर्दा कर्मचारी, शिक्षक अनुशासीत भएका छन् ।
निमित प्रमुख प्रशासकीय अधिकृतको कार्य प्रतिको लगतशिलताको प्रशांसा गर्दै नगर प्रमुख सन्तोष कुमार मेहताले यस ईशनाथ नगरपालिका जिल्लाकै नं.१ नगरपालिका हुनेप्रति विश्वास व्यक्त गर्नु भयो ।