काठमाडौं, १ माघ । प्रधानमन्त्रीले ‘सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने समयमा हरेक वर्षको माघ १ गते देशका विभिन्न भागमा विभिन्न तरिकाले मनाइने यस पर्वका अवसरमा सुस्वास्थ्य सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमयशुभकामना ब्यक्त गर्नु भएको छ ।
‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश हो । यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् । यस्तो विविधतायुक्त साझा पूँजीलाई हामीले संरक्षण गर्दै आएका छौं ।’ शुभकामना सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीले माघे संक्रान्तिमा मासको दाल र चामल मिसाइएको खिचडी, घिउ–चाकु–तिलको लड्डु, सागपात, तरुल खाने चलन छ।जाडो याममा शरीरलाई तातो राख्ने पोषिला परिकार खाने तथा नदी किनार तथा त्रिवेणीहरुमा स्नान गर्ने यस पर्वको विशेषता शरीर विज्ञानका हिसावले पनि उपयोगी छ भन्ने कुरा बताउनु भयो ।
माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । पुस मसान्तमा घरघरमा माछामासु र ढिकरी (पिठोको एक परिकार)खाइ रातभर मघौटा नाच नाच्ने चलन छ ।