रौतहटको चन्द्रपुर नगरपालिका–९ मा रहेको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्समा प्रतिबन्धित लागु औषध गाँजा सहित तीन जना लाई मकबानपुर प्रहरीले पक्राउ गरेको छ । उक्त एम्बुलेन्स बाट गाजा तस्करी हुने गरको आरोप समेत रहेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीले शनीबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ स्थित पुर्व पश्चिम लोकमार्गमा बाट बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा तीन वटा झोलाभित्र ६ वटा पोका बनाएर राखेको गाँजा बरामद भएको मकबानपुर प्रहरीले जनाएको छ । एम्बुलेन्स नियन्त्रणमा लदा सबार ब्यक्ति बाट ९१ हजार रूपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । उक्त सरकारी एम्बुलेन्समा प्रहरीले ३० किलो ६०० ग्राम गाँजा बरामद गरेसंगै एम्बुलेन्सका चालक रौतहटको चन्द्रपुर नगरपालिका– ९डुमरीया निबासी ३९ बर्षिय महमद खलिद, उक्त एम्बुलेन्समा सवार जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नंबर ४ निबासी १९ बर्षिय अशोक कुमार र भारत बिहार मोतिहारी जिल्ला बसन्तपुर बस्ने २२ बर्षिय बिनोद सहनी रहेका छन् । पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुले मकवानपुर बाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।