प्रदेश नं. २ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले राज्यमन्त्री पदबाट राजीनामा दिएकी छन् ।
प्रदेश सरकारमा राजपाबाट राज्यमन्त्रीको हैसियतमा सहभागी झाले मंगलबार राजीनामा गरेकी हुन् । उनले मंगलबार दिउँसो एक पत्र सार्वजनिक गर्दै राजीनामा गरेको जनाएकी छन् ।
प्रत्यक्ष तर्फबाट सभासद बाबुलाल साहलाइ मन्त्री पद नबनाएकाे सामुपातिकलाइ डिम्पल झालाइृ मन्त्री बनाए देखि नै राैतहट जिल्लामा विवाद रहेकाे थियाे ।
‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदिय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु ।’ प्रदेश सरकारको कामबाट सन्तुष्ट नरहेको भन्दै राजीनामा गरेको प्रतिक्रिया झाले दिइन् ।
झाले प्रदेश सरकारको काम कारवाहीबाट असन्तुष्ट भएर राजीनामा दिएको बताएकी छन् । उहाँले प्रदेशका मुख्यमन्त्रीको अभियान बेटी पढाउ, बेटी बचाउ अभियानमा समेत आफूहरुलाई खोजविन नगरेको भन्दै असन्तुष्टि जनाउँदै राजीनामा दिएकी बताएकी हुन् ।
यता, श्रोतका अनुसार राज्यमन्त्रीबाट सिधा मन्त्री बन्ने भएपछि राज्यमन्त्रीबाट राजीनामा दिएकी हुन् । राज्यमन्त्रीबाट राजीनामा दिएर राजपाका अनिल झाको कोटाबाट उहाँ मन्त्री बन्ने फाईनल भएपछि राजीनामा दिएकी हुन् । यसअघि राज्यमन्त्री रहदै आएकी उहाँ अब मन्त्री बन्ने फाईनल भएको हो । यससँगै प्रदेश नं. २ सरकार परिवर्तन हुने पक्कापक्की भएको छ ।