पुष २४ /समता र समावेशी शिक्षा योजना तर्जुमा कार्यक्रम दुई दिने ईशनाथ न.पा.को हलमा सम्पन्न भएको छ ।
विद्यालयलाई स्तोन्नतरी शिक्षा आर्जन र सरसफाई सम्बन्धी समावेशीकरणको आधारमा बालमैत्री अपाङ्गताहरुलाई प्राथमिकताको आधारमा शिक्षा आर्जन गर्न उदेश्य रहेको छ ।
आयोजक संस्था आरडीसीको पहलमा प्रमुख आयोजक नगर प्रमुख सन्तोष मेहता, अतिथि, वडा अध्यक्ष विगु साह बनिया, अन्य वडाअध्यक्ष शिक्षा संयोजक, शिक्षक, शिक्षिकाहरु, संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम सहयोगी युनिसेफ नेपाल, वर्लड एजुकेशन, नेपाल सरकार रहेको छ । साे कार्यक्रममा वर्लड एजुकेशनका सुशिल कुमार झा तथा आरडीसीका भैरवलाल यादव लगायत अन्य कर्मचारीको उपस्थति रहेकाे थियाे