रौतहट, रेडक्रसका जन्मदाता स्वीटरलैण्डका जा हेनरी डयूनाको तस्वीरमा माला अवीर फूलका साथ सम्पन्न भए । नेपालमा ७७ वटा जिल्ला शाखा १५१६ वटा उपशाखा र १ लाख आजीवन सदस्य रहेको देशमा २०२७ सालमा स्थापनाकाल देखि नै निरन्तर रुपमा जहा दुख त्यहाँ रेडक्रस नामले काम गर्दै आईरहेको प्रमुख अतिथि फूल महमद मियाले बताउनु भयो । यस जिल्लामा १२ वटा उपशाखा रहेको छ । अवको विधानमा पालिका स्तरीय शाखा गठन हुनेमा जोड दिनु भयो । आर्थिक कारोवार पालिका संग भएकोले सहयोग गर्न अब हाम्रो निकाय सरकार नै रहेको हुनाले पालिका संग समन्वय गरी शाखा संचालन गर्न अनुरोध गर्नु भयो ।
समीक्षात्मक मन्तव्य जिल्ला शाखा सभापतिले यूएनपीएको सहयोगमा ५ वटा नगरपालिका र १ गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्ने कार्यक्रम संचालन रहेको छ । कोभिड १९ जस्ता महा भयानक रोग लाई रोकथाम गर्न मास्क, सेनेटाईजर वितरण साथै शौचालय वितरण सर सफाई अभिमुखीकरण जस्ता कार्यक्रम संचालन भएको छ ।
प्रस्तावित कार्यक्रम शाखाका मन्त्री राम विनोद गिरी रौतहटमा आ.व.२०७६÷०७७ सम्ममा ७९६ वटा अजिवन सदस्य र साधारण सदस्य २८७ जना रहेको छ । हुन त यो ३४ औ साधारण सभा हो तर विधानको संसोधनले तेस्रो सभा हो ।
आर्थिक प्रतिवेदन शाखाका कोषाध्य विजय किशोर झाले २०७७ असार सम्म २१७५५४०।५८ आम्दानी र खर्च १४६७४७०।०३ रहेकामा बैंक मौज्दात ७०८०७०।५५ रहेको छ । २०७७ देखि २०७८ सम्म ६५००४७०।५५ आम्दानी र खर्च ६०९५२२४।४० रहेको बाँकी मौज्दात ४०५२४६।१५ रहेको अनुमान प्रस्तुत गर्नु भएको थियो । सो वार्षिक सभामा बढी रक्तदान गर्न बालेश्वर प्रसाद पासवान, निरज जैसवाल, शैलेन्द्र राय यादवलाई कदर पत्र तथा दोसाला ओढाई सम्मान गर्नु भएको थियो । कार्यक्रम संचालन धर्मेन्द्र प्रसाद सिंहले गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको तेस्रो वार्षिक साधारण सभा आफनै सभा हलमा सम्पन्न भएको छ ।
शाखाका सभापति संजीव कुमार मल्लिकको अध्यक्षतामा प्रमुख अतिथि प्रदेश २ का अध्यक्ष तथा पर्सा जिल्लाका अध्यक्ष मो.फुल महमद मिया अतिथि प्रदेश सदस्य एवं रौतहट शाखाका उपाध्यक्ष राज किशोर यादव, मन्त्री राम विनोद गिरी, कोषाध्यक्ष विजय किशोर झा महिला नेतृ भवानी श्रेष्ठ, उपमन्त्री राम अधार राय यादव, सह कोषाध्यक्ष अनिरुद्ध महतो साथै उपशाखाका सभापति, सचिव एवं प्रतिनिधि, नेत्र ज्योति संघका अध्यक्ष विजय सिंह उपस्थिति रहेको थियो ।