पुष ११/ रौतहट/आर साह
बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका बारे पत्रकारहरुको लागि दुई दिने तालिम सिया पैलेस गौरमा सम्पन्न भएकोछ ।
बालविवाह कम उमेरमा गर्दा शिक्षाको कमीले स्वास्थ्यमा असर हुने गरेको छ ।
एक शताब्दी पहिला बाहुनहरुमा वि.स.१९६० मा ६ वर्ष हुनु पर्न पछि गएर १६ वर्ष उमेर हद मानेका थिए । पितृत्साहत्मक सोच लाई परिवर्तन गरी अहिले केटाको उमेर २० र केटीको उमेर १८ वर्ष तोकिएको सचारिकाका अध्यक्ष नितु पंडितले बताईन । अव केटा केटीको विहे हुदाँ उमेर भएकोमा मात्र विहे गर्नु पर्ने र भोजमा सामिल हुने मेयर अजय गुप्ताले बताए ।
प्रशासनिक कार्यमा कम उमेरमा विहे गर्दा ३० तीस हजार रुपैया र तीन वर्ष सजाय हुने प्रावधान रहेको अघिवक्ता लक्ष्मी पोखरेलले बताईन । UNFPA को सहयाेग र End Child Marriage काे सहकार्यमा संचारिका समूहका अध्यक्ष नितु पंडितको अध्यक्षतामा भएका तालिमका प्रमुख अतिथि गौर न.पा.का मेयर अजय गुप्ता अतिथि सिडियो कृष्ण बहादुर शाही, उपरीक्षक विनोद घिमिरे, अनुसन्धान अधिकृत गोकुल प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ अध्यक्ष प्रेम चन्द्र झा कार्यक्रम संचालक संचारिका समूहका कोषाध्यक्ष सीमा शर्माको सहभागिताका कार्यक्रम प्रस्तुता वरिष्ट पत्रकार प्रभात झाले संचालन गर्नु भएको थियो ।