रामएकवाल साह/ राैतहट जेठ,२० नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट राष्ट्रिय समाचार समिति का अध्यक्ष धर्मेन्द्र झा लाई नेपाल पत्रकार महासधका अध्यक्ष प्रेम चन्द्र झा द्वारा केन्द्रीय पत्रकार महासधका अध्यक्ष बिपुल पाेखरेल,न्युनतम पारिश्रमिक का अध्यक्ष सगीता खडका , गरूडा नगरपालिका का प्रमुख कन्थमनि प्रसाद जयसवाल, मनाेज चाैधरी स्मृति का श्रीमति एव गरूडा नगरपालिका का उपमेयर पुनम चाैधरीकाे उपस्थितिमा नगद २५ हजार र दाेसाला आेढाई सम्मान एव प्रदान गरिएकाे छ।स्वर्गीय मनोज चौधरीको सम्झनमा वहाँको श्रीमती पुनम चौधरी हाल गरुडा न.पा.का उपमेयर हुन वहाँले श्रीमानकाे समझनामा प्रत्येक वर्ष पत्रकारिका क्षेत्रमा काम गर्नेलाइ दिने पुरस्कार हो। गत वर्ष गरुडा मै एक समारोहमा गरुडाका मेयर कन्थमणी प्रसाद जैसवाल उपमेयर पुनम चौधरी, नेपाल पत्रकार महासघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झा, गरुडा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर र समाजसेवी र संचारकर्मीको उपस्तथिमा गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई दोसला ओढाइ नगद र समान सहित पुरस्कृ त गरिएको थियो । रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ बर्षको अल्पायुमै नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा २०७८ बैशाख २८ गते निधन भएको थियो । वहाँकाे निधन पश्चात वहाकाे सम्झनामा वहाँ काे श्रीमती पुनम चाैधरीले श्रीमानकाे यादगारमा नेपाल पत्रकार महासंघ रौतहट शाखाकाे अगुवाइमा पत्रकार मनाेज चौधरीको सम्झनामा “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार”को स्थापना गरेको थियो । यस बर्षको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” अाज २०८० जेठ २० गते शनिबारका दिन गरूडाका एन एन प्ला जाका हलमा भएकाे छ । यस्तो पुरस्कार ले पत्रकारहरूमा थप उर्जा प्रदान गर्द्छ।नेपाल काे सविधानकाे रक्षा र सदस्यता सुढुढीकरण अभियान जरुरी छ।पत्रकारलाई राजनैतिक र व्यवसायिक पत्रकारीता क्षेत्र बाट अलग राख्नु पर्ने जरूरीछ बिपुल पाेखरेलले भन्नुभयो ।सकिर्य पत्रकारको आवश्यक रहेकाे बताउनुभयो । पत्रकारिता पेशामा शुद्धता जरूरी छ, नयाँ पुस्तालाई ल्याउन जरुरी देखिएकाेछ ,पत्रकारीता पेशालाई सुढुढीकरण हुनुपर्छ ,अाज सम्म पत्रकारीता पेशागरेकाे पैसठी वर्ष भएकाे छ।धैरै अनुभव र पैसामा लागने कसैकाे छुट छैन ।राैतहट पत्रकार महासघकाे स्थापनाकालदेखी अहिलेसम्म मेरो धेरै याेग्दान रहेकाे भन्नुभयो ।याेग्दान गरेकाे स्थान मा पुरस्कार लिनु आफू लाई खुशी लागेकाेछ, जिल्लामा धैरे उमेर पाकाहरू छन ,वहाँ हरूलाई सम्मान गर्द्छु, रासस अध्यक्ष धर्मेन्द्र झा ले भन्नुभयाे।मनाेज चाैधरी स्मृति पत्रकारिता पुरस्कारमा बुलाउदा र सगै न्युनतम पारिश्रमिक सम्बन्धि कार्यगर्दा सहज भएकाे खुशी ब्यक्त गर्नुभयो।स्वराेजगार,राेजगार र राेजगाीमुलक न्युनतम पारिश्रमिक छुटयाउदा धेरै राम्रो हुने थियोभन्नुभयो । वर्षमा हुने पत्रकार महासधकाे चुनावकाे मध्य नजर राख्दै नयाँ सदस्यता एव सदस्यता सुढुढीकरण पनि हुने प्रदेश समिति का अध्यक्ष राजेश कर्णले भन्नुभयो ।मधेस मिडिया प्राधिकरण का अध्यक्ष कैलाश दासले दवाब र प्रभाव मा नपरी लाेककल्याणकारी बिज्ञापन ऐन परिधिभित्र रहि कामगर्न चेतना जगाउनुभयाे। प्रदेश समितिका महासचिव श्याम बन्जरा सचिव के सी लामिछाने ले तहगत अधारमा पत्रकारहरूकाे न्युनतम पारिश्रमिक दिनुप्रद्छ जाेडदाररूपमा अवाज उठाउनुभयाे।साे सभामा राससका कृष्ण अधिकारी ,प्रशासन प्रमुख सितल महताे सहित जिल्लाका दर्ज्नु पत्रकार हरूकाे उपस्थितमा सभा सम्पन्न भएका छन।