रौतहट/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत प्रदेश तालिम केन्द्र पथलैया बाराको आयोजनामा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय विपद् व्यवस्थापन विभागको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाको तत्वधानमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी न्युनतम सेवा सामग्री सम्बन्धी अष्ट्रेिलयन युकेडी र युएनएफपीएको सहयाोगमा सचालित ४ दिने तालिम गौरको सिया पैलेशको हलमा विहिवार एक कार्यक्रम विच सम्पन्न भएका छन ।संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार जलवायू परिवर्तनको कारण हुने विपदमा परेको नेपाल चौथो मुलकमा पर्दछ । भुकम्पको दृष्टिले ११औं र बाढी पहिरोबाट हुने जोखिममा नेपाल ३० औ स्थानमा पर्दछ । प्राकृतिक प्रकोपको दृष्टिले उच्च जोखिममा रहेको हो । हराभरा जगल र जलासयले भरिएको मुलुक हो। वि.स.१९९० सालको भुकम्प, २०५१ सालको बाढी पहिरो र २०७२ सालको भुकम्पले ठुलो विनाशकारी विपदहरु रहेका थिए । यस्ता मानवीय कार्यमा उद्दार, राहत र पूर्णस्थापनको कार्य गर्दै आइरहेकोमा सब भन्दा महिला, बालबालिका र किशोरकिशोरी प्रभावित रहेको विश्व व्यापीको रुपमा पहिचान भइ सकेको आकलन गरिएको सहजकर्ता निर्देशिका डा. खेम बहादुर कार्की बताए ।
विपद् व्यस्थापनमा अन्तरराष्ट्रिय रुपमा वि.स.२०७० को दशकबाट विपद वेला यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी न्युनतम सामग्री, तालिम र नेपालमा वि.स.२०७१ साल देखि विपद व्यवस्थापन सामग्री, तालिम दिन थालिएको वि.स.२०७२ को विनाशकारी भुकम्पबाट करिब नौ हजार मानिसको मृत्यु २३ हजार घाइते, लाखौं मानिसहरु घर बिहिन भए राष्ट्रिय प्रजनन स्वास्थ्य सेवाका निर्देशक एवं प्रशिक्षक थगेन्द्र पंगेनी र अनिल यादबले सहभागिताहरुलाई बताए । जलवायु परिवर्तनबाट विपत व्यवस्थापनमा असर परेकोमा यस बारे हुने क्षतिबारे UNFPA का निर्देशक काशी पोखरेल र रामदेनी सिंहले सहभागीहरुले बताए । ० देखि १२ सम्मका १३ किसिमका आरएच किटको माध्यमले गर्भवती महिला, एड्स,कण्डम र बलात्कारमा परेका १३ किसिमका सामग्री दिन गरेको विपद व्यवस्थापनका संयोजक नागेन्द्र अर्यालले सहभागीहरुलाई बताए ।
रौतहट जिल्लाका १८ वटा पालिकाका यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा काम गरेका स्वास्थ्य संयोजक, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, संघसंस्थामा स्वास्थ्य क्षेत्रमा काम गर्ने प्रतिनिधिहरुको सहभागितामा संचालन भएको यौन तथा प्रजनन स्वास्थ्य सेवा तालिम, सामग्री सम्बन्धी प्रशिक्षण दिई रहेका प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयाका निर्देशक सरोज न्युपाने तालिम अधिकृत अनिल चौधरीले विपदको बारेमा बताए । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादबको अध्यक्षतामा भएको तालिममा श्रोत र साधनको परिचालित गरी स्थानीय स्तर देखि नै विपद् व्यवस्थापनमा जोड दिन सहभागीहरुलाई बताए ।सहभागीहरुको तर्फबाट रोशनी श्रेष्ठ र यादबले विपद् व्यवस्थापन सम्बन्धी चार दिने जेष्ठ २९ गते देखि ३२ गते सम्म १६ वटा विषयबस्तुहरु सुत्रहरुबाट सिकेका बारे आफ्ना मनत्वय राखे र तालिम संचालन ने.रे.सो.का रौतहट शाखाका मन्त्री धर्मेन्द्र कुमार सिंहले गरेका थिए ।