रामएकवाल साह रौतहट,१० असार प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेश जनकपुरधामको आयोजनामा बार्डका निर्देशक शंकर साहको अध्यक्षतामा स्वच्छ तथा गुणस्तरीय दुध उत्पादन संकलन तथा बजारीकरण सम्बन्धी सरोकारवालाहरु संग एक दिने अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति गौरमा भएका छन् । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले १ किसान ५ वटा भैसी पालन गनुर्स म तपाईको साथ हुनेछु दुधको मुल्यमा समृद्ध ल्याउन हाम्रो आवश्यकता रहेको बताउनु भयो । आ–आफनो क्षेत्र र बजार समृद्ध भयो भने सुखी नेपाल समृद्ध नेपाल हुने अवधारणा ल्याए । मधेश प्रदेश सभा सदस्य कनिश पटेलले एउटा नगरपालिकामा कम्तीमा बीस हेक्टर जग्गामा घास उत्पादन भयो भने पशुपालनको आहार भएकोमा दुध उत्पादनमा कमी नहुने जानकारी गराए । एउटा परिवारमा १० देखि १५ जनामा ४ लि.दुधको आवश्यकता पर्दछ, आर्थिक उपार्जनमा क्रान्ति ल्याउने पर्दछ कार्यक्रममा मन्तव्य राखे । स्वच्छ, दुध, उत्पादनको पाँच मन्त्र सभा सुग्धर नियन्त्रीत भण्डारण, आश्यकता तापक्रम पानी र उचित परिचालन रहेको छ । दुधको प्रकार महत्व तथ्यांकमा स्वच्छ तथा गुणस्तरीय दुध व्यवस्थापन स्थानीय स्तर बाटै लैजानेमा निर्देशक शंकर साहको भनाई रहेको छ । सर्लाही र रौतहट जिल्लाका डेरी फर्म, प्राविधिक र किसानको सहभागितामा दुध उत्पादनमा बृद्धि ल्याउनमा जोड दिए । आजको आवश्यकता गुणस्तर दुध, पनीर, दही, मिठाईको प्रकारमा बजारीकरण राम्रो भयो भने महिनाको ५० हजारको कमाई हुने तर्फ जनसेवा कृषि सहकारी माधवनारायण वार्ड नं.४ का रामबाबु मुखियाले जानकारी गराए । साना साना किसान मारमा परेको समयमा उचित दुधको प्रयोगशालामा कमी आएके दुध चिस्याउने केन्द्रमा समय अनुसार मुल्य नदिएको किसान ढागा राय यादवले अफना भनाई राखी गुनासो गरे । सो कार्यक्रममा प्रधानमन्त्री परियोजना सप्तरीका प्राविधिक तथा गुणस्तरी खाद्य अधिकृत डा.सुरेन्द्र यादव, मधेश प्रदेश कृषि विश्व विद्यालयका रजिष्टर डा.श्रीभगवान ठाकुर, प्रशिक्षक, सन्तोष कुमार मण्डल, डा.शम्भु साह, प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र कुमार सिंह, रौतहट जिल्लाको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख ईन्द्रदेव साह, कृषि ज्ञान केन्द्रका प्रमुख हरिशंकर जयसवालको उपस्थिति रहेको थियो ।