रामएकवाल साह/असार २९ गते
रौतहट/ आर्थिक वर्ष २०७९/०८० सालको वार्षिक प्रगति समीक्षा अवसर पारेर जिल्ला भेटेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट गौरले स्थानीय तहका पशु सेवा शाखा प्रमुखहरुको मासिक बैठक तथा वार्षिक प्रगति समीक्षा एक दिने गोष्ठी आफ्नै सभाहलमा सम्पन्न गरेको छु । जिल्लामा रहेका १६ वटा नगरपालिका र दुई गाउँपालिकाका शाखा प्रमुखहरु पशु क्वाराइटेन औरैयाका प्रमुख, जिल्ला स्थित कृषि ज्ञान केन्द्रका प्रतिनिधि एवं कृषि अर्थविज्ञ विपलव गुप्ता सहित तीन दर्जन भन्दा वढी राष्ट्रसेवक कर्मचारीहरुको उपस्थित रहेको थियो ।
यस कार्यालयका वार्षिक विनियोजन बजेट रकम संघीय सरकारका सशर्त ५७६, प्रदेश सरकार ६३६.७६ र प्रधानमन्त्री कृषि परियोजना PMNMP २०.८० को रकम विनियोजित गरिएको हो । गाई २३०, भैसी २०६ र बाख्रा १०४ जनालाई गर्वधारण सुई लगाएको हो । कार्यक्रम प्रस्तुत भेटेटिनरी अस्पताल पशु सेवा केन्द्रका शाखा प्रमुख विरेन्द्र पटेलले गर्नु भएको थियौ । मानव नै स्वस्थ्य हो मात्र हैन पशु पनि स्वस्थ्य रहनु हाम्रो नारा रहेको शुभकामना मन्तवय दिने कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ विपलब गुप्ताले बताए ।मत्सय पोखरी निमार्ण र दुध डेरी संचालन अनुदानमा काम भएको पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख इन्द्रदेव साहले जानकारी गराए । जिल्लामा काम गर्ने कर्मचारीहरुको उच्च मुल्याकंन हुनुपर्नेमा जोड दिदै यस आर्थिक वर्षमा १८ पालिका मध्ये तीन वटा पालिकाका प्रमुखहरु उच्च कदरपत्र प्राप्त गर्न सौभाग्य प्राप्त गरेको छन । चन्द्रपुर नगरपालिकाका दुर्गा प्रसाद चिमोरिया, बृन्दावन नगरपालिका ओम प्रकाश मल र राजदेवी नगरपालिकाका अनुठा साहलाई कदरपत्र साथ टिका लगाई धन्यबादका पात्र बनेको छ ।फेरी आउदो वर्षमा काम गरेका कर्मचारीहरुलाई कदर गरिने जिल्ला प्रमुख इन्द्रदेव साहले जानकारी गराए । कार्यक्रम संचालक मदन राय यादबले गरेका थिए ।