२१ बैशाख, काठमाडौं । सरकारले तराईका दुई जिल्ला धनुषा र महोत्तरीमा सार्वजनिक विदा दिएको छ । ती दुई जिल्लामा आज बिशेष महत्वका साथ जानकी नवमी पर्व मनाइने हुँदा सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी विदा दिएको हो । गृह मन्त्रालयले आज सूचना निकालेर मन्त्रिपरिषदको बैशाख २१ गतेको निर्णय अनुसार आज ती दुई जिल्लामा सार्वजनिक विदा दिएको बताएको छ । सार्बजनिक विदाका कारण धनुषा र महोत्तरीका सबै सरकारी कार्यालय, संघसंस्थाहरु, शैक्षिक संस्था एवं औद्योगिक तथा कलकारखानाहरु बन्द छन् ।