रामएकवाल साह/ रौतहट/मंसिर १९ गते
लैङ्गिक हिंसा अन्तको सुनिश्चितताः महिला र बालिबालिका लगानीको एक्यवद्धता नाराका साथ लैङ्गिक बिरुद्धको १६ दिने अभियानमा आधारित र अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा लैङ्गिक हिंसा एवं स्वयं सेवा सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम एच.ए क्याम्पस गौरमा सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाको आयोजना तथा लैङिगक सामाजिक समावेशीकरण समितिको व्यवस्थापन र श्री युवा रेडक्रस सर्कल आइ .सी.टी.इ. (एच.ए.) क्याम्पस गौरको आतिथ्यमा १ दिने लैङिक हिंसा र स्वयंसेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम समितिको संयोजक श्री निलु झाको अध्यक्षताका प्रमुख अतिथि रेडक्रस शाखाका सभापति श्री राज किशोर प्र. यादव, बिशिस्ट अतिथि शाखाको उपसभापति एवम् बरिष्ठ अधिवक्ता श्री अनिरूद्व महतो अतिथिहरूमा कार्य समिति सदस्यहरू एम्बुलेन्स समितिको संयोजक श्री बाल कुमार जयसवाल, प्रचारप्रसार समितिको संयोजक राम एकवाल साह, जिल्ला जु यु समिति सदस्य अरूण जयसवाल, शाखा अधिकृत कपिल देव पंडित, एच.ए.क्याम्पसका प्रिन्सिपल राम वरण दास र जिल्लाका स्वयंसेवकहरुको उपस्थित रहेका थिए । प्रमुख अतिथि शाखाका सभापति राज किशोर प्रसाद यादबले महिला हिंसा एवं स्वंयसेवको बारेमा अन्तरराष्ट्रिय स्तरमा भएका इटलीमा भएको युद्ध वा राष्ट्रिय स्तरमा जाजरकोट र रुकुम भएका भुकम्प विपद, लैङिक हिंसामा जनकपुरमा भएका जघन हत्या आरती साहको बारेमा प्रकाश पारनु भो । महिला अभियानता एवं उप सभापति निलु झाले लिङ्ग र हिंसाको बारेमा दहेज प्रथा, छुवाछुट, धार्मिक संहिता,बालबिवाहबाट पर्ने असर र सामाधानको बारेमा प्रकाश पारिन । त्यस्तै शाखाके मन्त्री धर्मेन्द्र प्रसाद सिंहले स्वंय सेविका र स्वयं सेवकको बारेमा प्रकाश पारे । लैङिक विभेदको बारेमा शुभकामना मन्तव्य क्रममा कानुन सम्बन्धी ज्ञानको बारेमा अनिरूद्व महतोले सहजीकरण गर्नु भएका थिए । स्वागत मन्तव्य इन्च्युटको प्रिन्सिपल श्री राम वरण दासले आपतविपदमा परेकालाई सेवा गर्न हाम्रो स्वंयसेवकको कर्तव्य हो भनाई राखे। कार्यक्रमको संचालन जि का. स. एवम् ब्लड बैंक गौरको संयोजक श्री संजय कुमार यादवले गर्नु भएको थियो। अभिमुखीकरण कार्यक्रममा शाखाका समितिगत पदाधिकारी सदस्यगन र मेडिकल साइन्सका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।