
रौतहट/रामएकवाल साह
नेपाल रेडक्रस सोसाईटी उपशाखा गौर–२, महादेवपट्टीका १८ औ साधारण सभा मानव सेवा केन्द्रको भवनमा शनिवारका दिन सम्पन्न भएको छ ।
सो सधारण सभा उपशाखाका सभापति विजय किशोर झाको अध्यक्षताका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादव, अतिथहरु उपशाखा र जिल्ला शाखाको उपसभापति निलु झा, मन्त्री धर्मेन्द्र प्रसाद सिंह, गौर नगरपालिका वडा नं.२ का अध्यक्ष विनोद चौधरी, पूर्व वडा अध्यक्ष रामजी राय यादव, राकेश कुमार झा, पूर्व कर्मचारी राजेन्द्र पासवान, पूर्व शिक्षक रामचन्द्र प्रसाद साह, पूर्व रेडक्रस कर्मचारी हेमन्त राय यादव, नेपाल पत्रकार महासं३ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा, आजीवन सदस्य एवं पत्रकार वीना राउत, राम पुकार राउत एवं सजनवृद्धहरुको उपस्थिति रहेको थियो ।
सो साधारण सभामा आ.व.२०७९/०८० र २०८०/०८१ का लागि वार्षिक प्रनिवेदन तथा प्रस्तावित कार्यक्रम जिल्ला शाखाका सदस्य एवं उपशाखाका सचिव रामएकवाल साहले प्रतिवेदन प्रस्तुत गरे ।
आ.व.२०७९/०८० र २०८०/०८१ का आर्थिक प्रतिवेदन उपशाखाका सदस्य लालबाबु झाले ३५ हजार २ सय ८० रुपियाको आय व्यय प्रस्तुत गर्नु भयो ।
सो सभामा जिल्ला शाखाका सभापति राजकिशोर यादवले विगतको रेडक्रस र अहिलेका रेडक्रसमा काम गर्ने परिवर्तन आएको बताए । दुई वर्षको कार्यक्रममा लगभग ४ कर्मचारी पाल्दै १४ लाख जति संचित गरेको बताए । आउँदो दिनमा जिल्लामा रहेका सबै आजीवन सदस्यहरुको एक भेला गरेर रेडक्रस प्रति जागरुता जगाउने चेतना उदघोष गर्नु भयो । साथै भेलाको अवसरमा वा गाउँ गाउँमा सरसफाई गर्न रेडक्रसलाई जोड दिनु भयो । साथै सभामा मन्त्री धमेन्द्र प्रसाद सिंहले मासिक बैठक आजीवन सदस्य बढाउनेमा जोड दिनु भयो ।
स्वागत मन्त्वय निलु झाले गर्नु भयो मन्त्वयका क्रममा पूर्व रेडक्रस कर्मचारी हेमन्त राय यादवले १७ वर्ष विति सक्दा पनि अहिले २ वर्ष देखि विधिवत रुपमा साधारण सभा भएको तत्परता देखाउनु भएको उपशाखालाई धन्यवादको पात्र बनेको भनु भयो । सोही मन्तव्य क्रममा राकेश झाले सदस्यता वितरणमा जोड दिनु भयो । कार्यक्रम संचलन जिल्ला शाखाका सदस्य एवं बल्क बैंकका संयोजक संजय कुमार यादवले गर्नु भयो ।