रामएकवाल साह, रौतहट
जेठ १९ गते/ नेपाली सेना वीरदल गणको आयोजना र गढीमाई नगरपालिकाको सहकार्यमा एक दिने निःशुल्क बृहत स्वस्थ्य शिविर संचालन भएका छन् । विहान ७ः३० बेलुका १८ सम्म देखि निःशुल्क शिविरमा गढीमाई नगरभरीका आसपासमा रहेको जनताहरुका लागि उपचारका लागि संचालन गरिएको बीरदल गणमा प्रमुख सेनानी गंगबहादुर विष्टले जानकारी गराए ।
तीन हजारको उपचार गराउन लक्ष्य लिएका गढीमाई नगरपालिका मेयर श्याम प्रसाद यादव र वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठको भनाई अनुसार लक्ष्य लिएका मध्ये २००१ जना महिला पुरुषहरुले उपचार गराए जसमा ९७६ जना आँखा रोगी ७८ जना मोतिया विन्द, ३३६ जना चश्मा र ३९८ जनाले निःशुल्क औषधी वितरण भए । यहाँ दिर्घ रोगीहरुको साथ र गरिब जनताका लागि सहुलियत हुने अपेक्षाका साथ स्वास्थ्य शिविर संचालन गरेको बताए ।
मध्यपूर्वी पृतना हेड क्वाटर निर्देशनालय र २८ नं.वाहिनी अडाका विशेष पहला शिविरका सहायकरथी राजेन्द्रमणी गिरीको टोली र वरिष्ठ चिकित्सक चितवन र रौतहटमा रहेका प्रादेशिक अस्पतालका चिकित्सहरु एवं विभिन्न संघ संस्थाका आखा अस्पताल पुरेनवा, टोली, नेपाल नेत्र ज्योती संघ, नेपाल आईकेयर सेन्टर, त्रिनेत्र आखा अस्पतालद्धारा आखा रोग, बालरोग, स्त्रीरोग दाँत, रक्तचाप, छालारोग र अन्य रोगहरुको उपचारको गरिएको छ ।
सो शिविरमा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, राष्ट्रिय अनुसन्धनका प्रहरी उपरीक्षक अभिनम सिंह, गढीमाई नगरपालिका मेयर श्याम प्रसाद यादव, वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, शंकर गुदर मा.वि.का शिक्षहरु, आँखा अस्पताल पुरेनवाका चिकित्सक, लाईसक्लब चन्द्रपुर र प्रभु बैक गौरले चिकित्सकहरुलाई खाना नास्ता, चकलेट र पानीको निशुल्क व्यवस्था गरेको थिए । सो शिविरमा सहकर्मी सतेन्द्र पाण्डे नगरका वडा अध्यक्ष, पत्रकारहरु, स्थानीय भद्रभलादमीको उपस्थितिमा शिविर संचालन भएको छ ।